Thaha

Sunday 22 September - 4:40 am NST

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासगँ आज पहिलो पटक औपचारिक वार्ता हुदै

काठमाडौं, १९ असोज । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पहिलो पटक औपचारिक वार्ता हुने भएको छ । दुबै पक्षले गठन गरेको वार्ता टोलीबीच विहान १० बजेपछि सिहदरवारमा वार्ता हुन लागेको हो । संविधानसभा वहिस्कार गरेर झण्डै दुई महिनादेखि आन्दोलन गरिरकेको मोर्चाले अस्ती चार सदस्सीय वार्ता टोली गठन गरेपछि आज पहिलो पटक औपचाकिरक वार्ता हुन लागेको हो ।

मोर्चाले संघीय समाजवादी फोरम लालबाबु राउत, तराई मधेस लोकतान्त्रि पार्टीका सर्वेन्द्र नाथ शुक्ल, सदभावना पार्टीका लक्ष्मण लाल कर्ण र तराई मधेस सदभावना पार्टीका राम नरेश राय रहेको चार सदस्सीय वार्ता टोली गठन गरेको थियो । प्रमुख तीन दलमा भने नेपाली कांग्रेसबाट वन मन्त्री महेश आचार्य, एमालेबाट अग्नि खरेल र एकीकृत माओवादीबाट नारायणकाजी श्रेष्ठ प्रकाश रहेको वार्ता टोलि गठन गरिएको थियो ।

आजको बैठकमा प्रदेशको सिमांकन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व  लगायत ३५ बुँदे माग बैठकमा राख्ने तयारी गरेको वार्ता टोलि सदस्य लालबाबु राउतले जानकारी दिनुभयो । अर्का सदस्य लक्ष्मण लाल कर्णले आफूहरु एक  दुई दिनमै वार्तालाई निर्णयक बनाउने पक्षमा रहेको र प्रमुख दल सकारात्मक भए वार्ता सफल हुने विश्वास व्यक्त गर्नुभयो । पटक पटकका अनौपचारिक छलफलपछि औपचारिक वार्ता हुन लागेको हो । आजको छलफलमा असन्तुष्ट पक्षका माग सुन्ने एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो ।