Thaha

Sunday 22 September - 4:51 am NST

एमाओवादीद्धारा आपसी सहमतीबाट अवको सरकारको नेतृत्व सम्बन्धि विवाद टुंग्याउन कांग्रेस र एमालेलाई आग्रह


काठमाडौं, १९ असोज । एकीकृत नेकपा माओवादीले आपसी सहमतीबाट अवको सरकारको नेतृत्व सम्बन्धि विवाद टुंग्याउन कांग्रेस र एमालेलाई आग्रह गरेको छ । राष्ट्रिय सहमतीको सरकार बनाउन आफूले भूमिका खेल्ने भन्दै माओवादीले कम्तिमा  प्रमुख तीन दल मिले मात्र संविधान कार्यान्वयन गरी मुलुकको विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।

थाहा सञ्चारसँग कुरा गर्दै एकीकृत माओवादीका सचिव गिरिराजमणी पोख्रेलले संविधान प्रति असहमत दललाई पनि वार्ताको माध्यामबाट सहमतीमा ल्याउनु पर्ने, एकतावद्ध भएर संविधान कार्यान्वयना जोड दिनुपर्ने, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षा,  वैदेशिक हस्तक्षेप बन्द गर्नु पर्ने र भुकम्प पछिको पुर्न निर्माण र नवनिर्माण अवको सरकारको प्राथमिकता हुनु पर्ने बताउनुभयो ।

हिजोदेखि बसेको एकीकृत माओवादीको पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा भारतले लगाएको नाकावन्दी, असन्तुष्ट दलका माग सम्बोधन र राष्ट्रिय सहमतीको सरकार गठन लगायत विषयमा थप छलफल हुने सचिव पोख्रेलले जानकारी दिनुभयो । 

।