Thaha

Sunday 22 September - 4:35 am NST

नेकपा—माओवादीका अध्यक्ष वैद्यलाई पार्टी एकताका लागि दबाब


काठमाडौं, १८ असोज । नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पार्टी एकताका लागि दबाब परेको छ । अस्तिदेखि काठमाडौंमा चलिरहेको केन्द्रीय समिति बैठकमा बोल्ने सबैजसो नेताले पार्टी एकताका लागि पहल गर्न दबाब दिएका हुन ।

हिजो बोल्ने नौ जना केन्द्रीय सदस्यहरुले विभिन्न समूहमा विभाजित माओवादीलाई एक ठाउँमा ल्याउन अध्यक्ष किरणले पहल गर्नुपर्ने बताएका छन । उनीहरुले उद्देश्य प्राप्तिका लागि सबै माओवादी एक ठाउँ आउनुको विकल्प नभएको बताए । माओवादी केन्द्रीय सदस्य रामदीप आचार्यले बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यले सबैधारमा विभाजित माओवादीबीच एकताको कुरामा जोड दिएको बताउनु भयो ।

उहाँले एकतालेनै उद्देश्य प्राप्ती गर्न सकिने भएकाले सबै केन्द्रीय सदस्यले अध्यक्ष किरणलाई एकताको नेतृत्व लिन सुझाब दिनुभयो । कुपण्डोलमा जारी बैठकमा आज पनि अध्यक्ष बैद्यको राजनैतिक प्रतिवेदनमाथि बोल्ने क्रम चलिरहेको माओवादीले जनाएको छ । हिजो समुहगत छलफल गरी आएका निष्कर्ष आज पनि राख्ने काम भइरहेको छ । बैठक अझै दुइ दिन लम्बिन सक्ने सचिव देव गुरुङले जानकारी दिनुभयो ।