Thaha

Sunday 22 September - 4:36 am NST

वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग औपचारिक वार्ता गर्दै


काठमाडौं, १८ असोज । मुख्य तीनदलले गठन गरेको वार्ता समितिले आजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग औपचारिक वार्ता गर्ने भएको छ । आन्दोलन थालेको झण्डै दुई महिना पुग्नै लाग्दा मोर्चाले हिजो वार्ता समिति गठन गरेको थियो ।

समिति गठन भएलगत्तै आजैदेखि वार्तागर्ने तयारी भएको सद्भावना पार्टीका सहध्यक्ष एवं वार्ता समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले आज वार्ता हुने भएपनि तीनदलको वार्ता समितिले समय तय नगरेको बताउनु भयो ।

तीनदलको वार्ता समितिका सदस्य एवं काँग्रेस नेता महेश आचार्यले वार्ता गर्ने भनिएपनि समय भने तय नभएको बताउनु भयो ।