Thaha

Sunday 22 September - 4:24 am NST

राप्रपा नेपालले महामन्त्री गुरुङको निधनमा सात दिन शोक मनाउने


काठमाडौं, १७ असोज । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने भएको छ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराही काठमाण्डौंमा बसेको आकस्मिक बैठकले सात दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।

तीन दिनसम्म पार्टीको झन्डा झुकाउने र १३ दिनसम्म पार्टीले कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निणय पनि भएको सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकले गुरुङको पार्थिव शरीरलाई नेपाल ल्याउने र वैद्धिक परम्पराअनुसार दाहसंस्कार गर्नेलगायत व्यवस्थापनका लागि पार्टी उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

अमेरिकाको कोलोराडोमा क्यान्सरको उपचार गराइरहेका गुरुङको शनिवार राति मृत्यु भएको थियो ।