Thaha

Sunday 22 September - 4:25 am NST

उर्जामन्त्रीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको सरकारलाई अन्तरिम आदेश


काठमाडौं, १७ असोज । सर्वोच्च अदालतले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । मन्त्री पदको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री सुशील कोईरालाले ज्ञवालीलाई उर्जा मन्त्रीबाट बर्खास्त गर्नुभएको थियो ।

सरकारले बर्खास्त गरेपछि ज्ञवालीले गत विहीबार सर्बोच्चमा रिट दायर गर्नुभएको थियो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलु करिडोर प्रशारण लाईन ठेक्कमा झण्डै २७ करोड रुपैयाँ अनियमितता भएको र मन्त्री ज्ञवालीको पनि संलग्नता देखिएको भन्दै कारवाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको  थियो ।

न्याधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले आज अर्को सुनुवाई नभएसम्मका लागि मन्त्रीबाट ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्नुको कारण पनि प्रधानमन्त्रीसँग सोधेको छ ।