Thaha

Sunday 22 September - 5:03 am NST

केपी ओली अवका प्रधानमन्त्री–नारायणमान बिजुक्छें



काठमाडौ, १७ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रमुख पार्टीबीच पहिले भएको भद्र सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीनै प्रधानमन्त्री हुनुपर्ने बताउनुभएको छ ।  नेवाः पत्रकार पुच पोखराले गरेको कार्यक्रममा विजुक्छेंले ओलीलाई प्रधानमन्त्री बनाउनु पर्नेमा जोड दिनुभएको हो ।

र आप्नो पार्टी भने प्रतिपक्षमै बस्ने उहाँले प्रष्ट पार्नुभयो । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दी शत्रुतापूर्ण व्यवहार भएको उहाँले टिप्पणी गर्नुभयो । अध्यक्ष बिजुक्छेले बेलाबेलामा भारतले नेपालमाथि गर्ने विस्तारवादी र एकाधिकारवादी व्यवहारवाट युवा पुस्ताले आत्मनिर्भर हुन पाठ सिक्नुपर्ने बताउनुभयो ।

उहाँले एउटा घरपरिवारले पाँच÷सात महिनालाई चाहिने अत्यावश्यक वस्तु सञ्चित गरेर राख्दा राज्यले एक हप्तालाई पनि जगेडा राख्न नसक्नु दुःखद भएको बताउनुभयो ।