Thaha

Sunday 22 September - 4:27 am NST

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाण्डौ, १७ असोज । नेकपा एमालेलेपार्टी  अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतवार सिंहदरवारमा बसेको एमाले स्थायी समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

बैठकले ओलीलाई प्रधानमन्त्री बनाउनका लागि पहल गर्न पाँच सदस्यीय वार्ता टोली समेत गठन गरेको छ । वार्ता टोलीमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामेदव गौतम र विद्या भण्डारी रहेको स्थायी समिति सदस्य शंकर पोख्रेलले जानकारी दिनुभयो ।

राष्ट्रपतिले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्नका लागि दिएको समय २२ गते समय सकिदैछ । उपाध्यक्ष रावलले विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा सत्ता सहयात्री दल कांग्रेससँग भएको ७ बँुदे सहमति र प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिका आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यससैबीच नेपाली कांग्रेसले भने सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । बिहान बसेको पदाधिकारीको बैठकले साझा उम्मेदवार तयार पारेर जान प्रमुख तीन दलको बैठकमा छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।