Thaha

Sunday 22 September - 4:36 am NST

वार्ता टोली र संघीय लोकतान्त्रिक मोर्चाबीच छलफल हुँदै

काठमाडौं,१७ असोज । प्रमुख दलले गठन गरेको तीन सदस्यीय वार्ता टोली र विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच छलफल हुँदैछ ।  दुई पक्षबीच अहिले केही बेरमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पार्टी कार्यालय सानेपामा छलफल हुने वार्ता टोलीका सदस्य एवं एमाले मुख्य सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।

सरकार गठन गर्नुअघि नै असन्तुष्ट दलहरुसँग सहमती भइसक्ने नेताहरुले बताएका छन् । फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले एक दुई दिनमै वार्ता सफल भएर आन्दोलन रोकिने बताउनुभयो । तर सहमतीका लागि सरकार र प्रमुख दल अझै जिम्मेवार हुन नसकेको चौधरीको आरोप छ ।

सरकारमा जाने नजाने विषयमा भने २२ गते पछि मात्र भन्न सकिने गच्छदार नेतृत्वको मोर्चाले बताएको छ । यसैबीच उपेन्द्र यादव नेतृत्वको मोर्चासंग पनि वार्ताको तयारी छ । तर मोर्चा आन्तरिक छलफलमा जुटेकाले समय भने तय भएको छैन ।