Thaha

Sunday 22 September - 4:52 am NST

एक हप्ता दिनभित्र सहमतीय सरकार बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं १५ असोज । राष्ट्रपति डा. रामवरण यादवले हप्ता दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको छ । 
राष्ट्रपति डा. यादवले नयाँ संविधानको धारा २९८ को उपधारा २ बमोजिम शुक्रबार बेलुकी सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको हो । नयाँ संविधानमा संसद अधिवेशन प्रारम्भ भएको सात दिनभित्र राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्ने र नभए बहुमतीय प्रक्रिया सुरु गर्ने व्यवस्था छ ।
त्यसअघि प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिलाई भेटेर नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री कोइरालाले शुक्रबारै संसद् बैठकमा सम्बोधन गर्दै पद त्याग गरेको घोषणा गर्नुभएको थियो ।