Thaha

Sunday 22 September - 5:03 am NST

प्रधानमन्त्रीले सहमतीय सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्दै

काठमाडौं, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले सहमतीय सरकार गठनको आह्वान गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई आग्रह गर्दै हुनुहुन्छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ संविधान अनुसार सहमतीय सरकार गठन आह्वानबारे प्रधानमन्त्री कोइरालाले आजै राष्ट्रपतिलाई भेटेर आग्रह गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीले संसदको बलुकी ५ बजे बस्ने बैठकमा सम्बोधन गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो । सहमतिको सरकार गठनको आह्वानसँगै कोइरालाको हैसियत कामचलाउ प्रधानमन्त्री हुनेछ । संविधानको संक्रमणकालीन ब्यवस्थामा संसद अधिवेशन सुरु भएको सात दिनभित्र सहमतिको सरकार गठन गर्ने उल्लेख छ । सात दिनभित्र सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने व्यवस्था छ ।