Thaha

Sunday 22 September - 4:38 am NST

अब राजनीतिक दलको एजेन्डा आर्थिक क्रान्ति हुनुपर्छ–बाबुुराम


काठमाडौं, १५ असोज । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अघोषित नाकाबन्दी गरेर भारतले सानो चित्त दुखाएको टिप्पणी गर्नुभएको छ । काठमाण्डौमा उद्योगी व्यवसायीसँग छलफल गर्दै भट्टराईले भारतीय नाकाबन्दी प्रति यस्तो टिप्पणी गर्नुभएको हो ।

भट्टराईले भन्नुभयो–‘तराईको विषयलाई लिएर भारतले पनि सानो चित्त देखायो । ’ भारतले सानो चित्त देखाउँदा मधेशी नेताहरुप्रति अविश्वास बढेको भट्टराईको तर्क छ । मधेशवादी दलसँग छिटै सहमति हुने उहाँले दावी गर्नुभयो । भट्टराईले राजनीतिबाट पलायन नभएको प्रष्टिकरण पनि दिनुभयो । ‘ मैले नयाँ यात्रा शुरु गरेको छु ।

’ भट्टराईले उद्योगी व्यवसायीलाई आग्रह गर्दै भन्नुभयो–मलाई तपाइँहरुको साथ चाहिएको छ ।’ अब राजनीतिक दलको एजेन्डा आर्थिक क्रान्ति हुनुपर्नेमा भट्टराईले जोड दिनुभयो । भट्टराईले निजी क्षेत्रका संघसंस्था र व्यक्तिहरुको सहभागीतामा ‘ईकोनमिक पोलिसि फोरम’ निर्माण बनाउन प्रस्ताव पनि राख्नुभएको छ ।  कार्यक्रममा उद्योगी व्यवसायीले माक्र्सवाद छोडेको भन्दै भट्टराईलाई बधाई दिए भने संविधानमा समाजवाद राखेकोमा आपत्ति जनाए । तर यसबारे भट्टराईले केही बोल्नुभएको छ ।