Thaha

Sunday 22 September - 2:07 am NST

तातोपानी नाका छिटो संचालनका लागि एमाओवादी आज दलहरुसँग छलफलमा जुट्ने

काठमाडौं, १५ असोज । चीनसँगको तातोपानी नाका छिटो संचालनका लागि एकीकृत माओवादीले आज दलहरुसँग छलफल गर्ने भएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तातोपानी नाका स्थलगत अवलोकन तथा चिनियाँ अधिकारीहरुसँग औपचारिक छलफल गरेर फर्किएका नेता अग्नी सापकोटाले अन्य दलसँग छलफल गर्न लाग्नुभएको हो । निरन्तर काम गर्दा नाका खोल्नका लागि एक हप्ता पनि नलाग्ने भएकाले दलहरुसँग आजको संसद बैठक लगत्तै औपचारिक छलफल गर्ने तयारी गरिएको नेता सापकोटाले जानकारी दिनुभयो । नाका तत्काल खोल्न र आवश्यक सामाग्री उपलब्ध गराउन चीनियाँ अधिकारीहरु तयार रहेको नेता सापकोटाको भनाइ छ । नेपाल तर्फबाट काम भइरहे पनि आधुनिक उपकरणको अभावमा काममा ढिलाइ भइरहेको सापकोटाले बताउनुभयो । भूकम्पका कारण गएको पहिरोले नेपाल चीन नाकाका विभिन्न ठाउँमा अवरोध पुगेको छ । भारतको अघोषित नाकाबन्दीका कारण चीनसँगको नाका छिटो संचालनका बिषयमा तदारुकता देखाइएको हो ।