Thaha

Monday 29 April - 7:51 pm NST

काठमाडौंमा तरकारीको भाउ घट्यो

काठमाडौं, १५ असोज । काठमाडौंमा आज तरकारीको भाउ घटेको छ । नेपाल भित्रै विभिन्न क्षेत्रमा उत्पादित तरकारी काठमाडौं आएपछि भाउ घटेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

हिजोको तुलनामा आज तरकारीको मूल्य झण्डै २० प्रतिशतसम्म घटेको छ । भारतीय नाकाबन्दीका कारण केहि दिन यता बढेको भारतीय प्याजको मूल्य आज ९८ रुपैया प्रतिकिलोमा झरेको छ । यसअघि प्याजको मूल्य बढेर १ सय ४० रुपैयाँ प्रतिकिलो सम्म पुगेको थियो ।

यस्तै भारतीय रातो आलु २७ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको कालीमाटी तरकारी तथा फलफूल बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रेतिले जानकारी दिनुभयो ।  काउली र बन्दा ४०, पिरो खुर्सानी ३०, भेडे खुर्सानी १००, काक्रो ५०, गोलभेडा २०, नेपाली रातो आलु ६० रुपैया प्रतिकिलोमा थोक कारोबार भैरहेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा आज ७ सय ५० मेट्रिकटन तरकारी भित्रिएको छ ।