Thaha

Sunday 22 September - 2:22 am NST

राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा कमाउँदैन–प्रधानमन्त्री

काठमाडौं, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा नकमाउने र कसै साँमु नझुक्ने बताउनुभएको छ । भारतको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएकाले नाकाबन्दीको विकल्प खोज्न र नाकाबन्दी विरुद्ध अन्तर्राष्ट्रिय जनमत तयार पार्न आग्रह गर्दै प्रधानमन्त्री कोइराला समक्ष पुगेका बिद्यार्थी संगठनका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री कोइरालाले नाकाबन्दीले पारेको प्रभाब र समस्या समाधानकोलागि सरकरले पहल गरिरहेकोले धैर्य गर्न सबै नेपालीलाई आग्रह समेत गर्नुभयो । उहाले राष्ट्रियता सवालमा सबै नेपालीलाई एकजुट हुन आग्रह पनि गर्नुभयो । प्रधानमन्त्री कोइरालाले विभिन्न देशका झन्डा जलाउने काम भएको भन्दै कुटनीतिक मर्यादा विपरितका कार्य नगर्न पनि विद्यार्थी संगठनलाई आग्रह समेत गर्नुभयो ।

आक्रोस भन्दा पनि संयमता अपनाएर संकटपुर्ण अवस्थाको सामना गर्नुपर्ने भएकोले त्यसतर्फ सचेत रहन प्रधानमन्त्री कोइरालाले विद्यार्थी संघ संगठनहरुलाई आग्रह गरेको नेबिसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसका विरुद्ध विभिन्न नौ विद्यार्थी संघ संगठनले संयुक्त आन्दोलन गर्दै आईरहेका छन ।