Thaha

Sunday 22 September - 2:19 am NST

प्रमुख तिन दल र आन्दोलनरत मधेसी मोर्चा छलफलमा जुट्दै

काठमाडौं, १४ असोज । प्रमुख तीन र आन्दोलनरत मधेसी मोर्चाबीच आज अनौपचारिक छलफल हुने भएको छ । मोर्चाको तर्फाबाट तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर आज काठमाण्डौ आएपछि अनौपचारिक छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ठाकुरसँगको अनौपचारिक छलफलले औपचारिक वार्ताको वातावरण बनाउने मोर्चाको भनाई छ । तर छलफलको समय भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । वार्ताका लागि मोर्चाले पहिले भएका सहमती कार्यान्वय, सेना परिचालन फिर्ता, घाइतेको उपचार र मृतकलाई सहीद घोषणा गर्नु पर्ने लगायत ५ बुँदे सर्त राखेको छ ।

संयुक्त लोकतान्त्रिक मोर्चाले भारतले नभई आफूहरुले नाकावन्दी गरेको र तराईमाा त्यसको असर बढी भएको भन्दै समाधानका लागि सरकालाई जिम्मेवार हुन आग्रह गरेको छ । मोर्चाका नेता एवं तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफूहरुले गरेको नाकावन्दीलाई भारतले लगाएको भनेर गलत प्रचार भएको दावी गर्नुभयो ।