Thaha

Sunday 22 September - 2:18 am NST

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आज


काठमाडौं, १२ असोज । नेकपा एमालेले आज काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । विहान साढे ११ बजे बबरमहलको एक पार्टी प्यालेसमा सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । भेलामा देशभरका झण्डै सातसय कार्यकर्ता सहभागी हुने एमालेले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु, जनवर्गीय संगठनका पदाधिकारी, पूर्व र वर्तमान सांसदहरु भेलामा सहभागी हुने पार्टी सचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेलाले वर्तमान राजनीतिक वातावरणबारे समान धारणा बनाउने छ ।  नयाँ संविधानले मधेशी समुदायको अधिकार कटौती गरेको भ्रम फैलाइएको भन्दै एमालेले कार्यकर्ता भेलाबाट तराइ मधेश केन्द्रित अभियान सुरु गर्न लागेको भट्टराईले बताउनुभयो ।