Thaha

Sunday 22 September - 2:18 am NST

असन्तुष्ट दलसँग आज पनि छलफल


काठमाडौं, १२ असोज । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली असन्तुष्ट दलहरुसँग छलफलका लागि आज पनि सकृय रहेको छ । अहिलेसम्म विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग दिउँसो ४ बजे वार्ताका लागि समय तय भएको वार्ता टोली सदस्य एवं एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

अरु मधेस केन्द्रीत दलसँग पनि वार्ताका लागि समय मिलाउने प्रयास भइरहेको श्रेष्ठले बताउनुभयो ।

वार्ता टोलीले हिजो फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेको थियो । छलफलमा दुबै नेताले वार्ताका लागि  सेना फिर्ता गरी सशस्त्र प्रहरीलाई ब्याक फोर्सका रुपमा राख्नुपर्ने, मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार लगायतका सर्त राखेका थिए । मोर्चाले राखेका सर्तका बारेमा त्यस अघि छलफल गर्ने तयारी वार्ता टोलीले गरेको छ ।