Thaha

Sunday 22 September - 2:22 am NST

भट्टराई आज जनकपुर जाँदै

काठमाडौं, १२ असोज । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज जनकपुर जाँदै हुनुहुन्छ । उहाले जनकपुरमा रहेको गोपाल धर्मशालाको प्राङगणमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । मधेसमा आन्दोलनरत दलहरुका तर्फबाट आयोजना गर्न लागिएको सभालाई सम्बोधन गर्न भट्टराई आज बिहान ११ बजे जनकपुर पुग्ने मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीका नेता रामरिझन यादवले जानकारी दिनुभयो ।