Thaha

Sunday 22 September - 1:46 am NST

असन्तुष्ट नेताहरुलाई तत्काल कारवाही गरिन्नः एकीकृत नेकपा माओवादी

काठमाण्डौं, ११ गते । एकीकृत नेकपा माओवादीले पार्टी प्रति असन्तुष्ट नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । देशको अवस्था नराम्रो भएकाले यस्तो बेलामा राजिनामा दिएर पार्टी छोडेका र अनुशासन उलंघन गरेकाहरुलाई कारवाही गर्दा त्यसले राम्रो सन्देश नदिनेभन्दै अहिले नै कारवाही नगर्ने भएको हो ।

कारवाहीका बारेमा गम्भीर भएर सोचेर मात्र निर्णय गर्नु पर्ने नेताहरुले बताएका छन् । एकीकृत माओवादीबाट नेताहरु डा. बाबुराम भट्टराई, लोकेन्द्र विष्टमगर लगायतले राजिनामा दिएका छन् भने पोलिट्ब्यूरो सदस्यहरु रामचन्द्र झा, प्रभु साह र महेन्द्र पास्वानले केन्द्रीय समिति बैठक वहिस्कार गरेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु रामरिझन यादव, रामकुमार शर्मा,  घनश्याम यादवव, चिनक कुर्मी, उपेन्द्र कुमार साहले पनि केन्द्रीय समिति बैठक वहिस्कार गरे । तर उनीहरुलाई केन्द्रीय कार्यालयले एक पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संविधान जारी भइसकेको अवस्थामा असोज १६ गतेदेखि देशब्यापी प्रशिक्षण, १७ गते काठमाण्डौ सहित देशभर अन्तरकृया गर्ने निर्णय माओवादीले गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

संविधानका विषयमा देशभर सभा गर्ने भनिए पनि ३ दलको संयुक्त गर्ने वा एक्लै गर्ने भनेर टुंगो लाग्न सकेको छैन । नेताहरुको प्रादेशिक कार्यसिवभाजन भने कात्तिक १५ गते बस्ने केन्द्रीय समिति बैठकले गर्ने नेता हेमराज भण्डारीले जानकारी दिनुभयो ।