Thaha

Sunday 22 September - 1:33 am NST

अध्यक्ष दाहालले पार्टीको भावी कार्ययोजना पेश गर्ने

अध्यक्ष दाहालले पार्टीको भावी कार्ययोजना पेश गर्ने
काठमाडौं, ११ असोज । एकीकृत माओवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भावी कार्ययोजना पेश गर्नुहुनेछ । बैठकले अध्यक्षको कार्ययोजना छलफल पछि आज पास गर्ने र बैठक आजै सकिने पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । बैठक पार्टी कर्यालय कोटेश्वर पेरिसडाँडामा विहान ११ बजे सुरु हुनेछ ।

यसअघि हिजोदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समसामयिक बिषयमा धारणा राख्नुभएको थियो । बैठकले पार्टी परित्याग गरेका नेता डाक्टर बाबुराम भट्टराईलाई पुर्नविचार गर्न आग्रह समेत गरेको थियो ।