Thaha

Sunday 22 September - 1:56 am NST

भारतीय गाडी र चलचित्र चल्न नदिने विप्लप माओवादीको घोषणा

काठमाडौं, १० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले गरेको नाकाबन्दीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
आज काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै माओवादीले, भारतले नेपालमाथि अनाश्यक हस्तक्षेप गरेको र नाकाबन्दी गरेर स्वन्तत्र देशमाथि हेपाहा चरित्र प्रदर्शन गरेको भन्दै आन्दोलन घोषणा गरेको हो । माओवादी प्रवक्ता खड्कबहादुर विश्वकर्माले सोमबारदेखि नेपालमा भारतीय नम्बर प्लेटको गाडी प्रवेशमा रोक लगाउनुको साथै भारतीय चलचित्र र च्यानल प्रशारणमा रोक लगाउने लगायत कार्यक्रम सार्वजनिक गर्नुभयो । उहाँले भारतको अवरोधपछि वैकल्पिक आपूर्तिका लागि तुरुन्तै पहल गर्न सरकारसँग माग पनि गर्नुभयो ।
प्रवक्ता विश्वकर्माले कृत्रिम अभावको सिर्जना गरी कालोबजारी गर्नेलाई निरुत्साहित गरी आपूर्तिलाई सहज पार्ने कार्यमा लाग्ने समेत बताउनुभयो । नेपाली जनताको अधिकारको बहानामा भारतीय पक्ष आफ्नो स्वार्थमा लागेकाले यसविरुद्ध पार्टीले संघर्ष गर्नुपरेको प्रवक्ता विश्वकर्माले स्पष्ट पार्नुभयो ।