Thaha

Sunday 22 September - 2:04 am NST

बाबुरामलाई पार्टीमा फर्किन एमाओवादीको आग्रह / गलत कदम भएको ठहर

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीले पार्टीले बाबुराम भट्टराईलाई पार्टीमा फर्किन अपील गरेको छ । 
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आईतबार बसेको एमाओवादीको स्थायी समिति बैठकले भट्टराईको पार्टी परित्याग गलत भन्दै फर्किन अपील गरेको हो । ‘हामीले वरिष्ठ नेता भट्टराईको पार्टी परित्याग, पार्टी, देश र आन्दोलनको अहिलेको सन्दर्भमा गलत कदम भएको हाम्रो निष्कर्ष छ ।’ एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भन्नुभयो– पार्टीले भट्टराईलाई आफ्नो निर्णयमा पूनर्विचार गर्न हामी गंभीरतापूर्वक अपील गर्दछौं भन्ने निष्कर्ष हो ।’ 
बैठकले आन्दोलनकारी शक्तिहरुसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्ने र त्यसका लागि संविधान घोषणा गरेका प्रमुख दलले पहल गर्ने एकीकृत माओवादीले निर्णय गरेको छ । 
संविधान स्वीकार्न भारतलाई आग्रह 
संविधान आएपछि भारतले देखाएको व्यवहारप्रति आपत्ति जनाउँदै एकीकृत माओवादीले भारतलाई व्यवहार सच्याउन आग्रह गरेको छ । एकीकृत माओवादीले नेपालका राजनीतिक दल र जनताले गरेको निर्णयलाई स्वीकार गर्न अपील गर्दै त्यसो गरेमात्रै दुई बीचको सम्बन्ध राम्रो हुने स्पष्ट पारेको छ । यसका लागि कुटनीतिक पहल गर्ने पनि एकीकृत माओवादीले जनाएको छ ।