Thaha

Sunday 22 September - 1:43 am NST

भट्टराईले पार्टी परित्याग गरेपछि एमाओवादी आन्तरिक छलफलमा

भट्टराईले पार्टी परित्याग गरेपछि एमाओवादी आन्तरिक छलफलमा 
काठमाडौ, १० असोज । वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेपछि एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । भट्टराईको वर्हिगमन पछि थप छलफल गर्न एकीकृत माओवादीको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठक सकिए पछि  आजै केन्द्रीय समिति बैठक बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले भट्टराईको वर्हिगमन पछिको अवस्थाको मूख्यांकन गर्दै थप रणनीति तय गर्ने सचिव वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । एकीकृत माओवादीले पार्टी परित्याग गर्नुलाई आश्चर्यजनक भन्दै पार्टीमा फर्कन आग्रह गरेको छ । तर भट्टराईले भने अब पार्टीमा नफर्कने बताई सक्नु भएको छ ।

आजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा संविधान निर्माणमा पार्टीको भूमिका, संविधान जारी भएपछिको अवस्था र स्थानीय तहसम्म छलफल चलाउने एजेण्डा तय गरिएको छ । बैठकमा सरकार गठनका बारेमा पनि छलफल हुने सचिव पुनले जानकारी दिनुभयो ।