Thaha

Saturday 21 September - 11:45 pm NST

विप्लव माओवादीका २ जना नेतालाई पार्टिवाट निस्कासन

विप्लव माओवादीका २ जना नेतालाई पार्टिवाट निस्कासन
काठमाडौ, १० असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले दुई जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको जनवर्गिय संगठन उपब्यूरो तथा मजदुर  विशेष जिल्ला कमिटी सदस्य जोगमान लामा र अर्थमान लामालाई पार्टी र मोर्चाबाट निस्कासन गरेको ब्यूूरोले जनाएको छ । उनीहरुले मोर्चा र पार्टी हित विपरित गतिविधि गरेको भन्दै निष्कासन गरिएको माओवादीले जनाएको छ ।