Thaha

Saturday 21 September - 11:35 pm NST

आईतवारदेखी गाडी चलाउँदा जोरबिजोर प्रणाली लागु

काठमाण्डौं, ९ असोज । पोट्रोलियम पर्दाथको अभाव चर्किपछि सरकारले भोलिदेखि गाडी चलाउँदा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । गृहमन्त्रालयले आज बिज्ञप्ति निकालेर सार्वजनिक गाडी नियमित बनाउन जोरबिजोर प्रणाली लागु गर्न आग्रह गरेको होे ।

अर्को निर्णय नहुन्जेल सम्म जोर गते जोर नम्बरका गाडी र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्न गृहमन्त्रालयले अनुरोध गरेको छ । सरकारले यो प्रणाली लागु गरेसंगै भोलि जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइनेछ । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव छ । तीन दिन देखि भारतबाट पेट्रोलियम पदार्थ लोड भएका गाडि नेपाल आउन सकेका छैनन् ।

भण्डारण गरिएको पेट्रोलियम पदार्थ पनि सकिन लागेकाले नेपाल आयल निगमले तेलको खपत घटाउन आव्हान गरेको छ । परिस्थिति जटिल बन्दै गएकाले निगमले सकभर सार्वजनिक गाडी चढ्न  नागरिकलाई आग्रह गरेको छ । मौज्दात घट्दै गएको र थप आयात नभएकाले सोमबारदेखि सार्वजनिक गाडिलाई मात्रै तेल उपलब्ध गराउने तयारी सेमत पनि निगमले गरेको छ ।