Thaha

Saturday 21 September - 11:42 pm NST

भारतको अघोषित नाकाबन्दी वारे प्रमुख दलले छलफल गर्ने

भारतको अघोषित नाकाबन्दी वारे प्रमुख दलले छलफल गर्ने
काठमाडौं, ९ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि अब के गर्ने भन्ने विषयमा मुख्य तीनदलले आज व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसंग छलफल गर्दैछन ।  प्रधानमन्त्री एंव काँग्रेस सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलुकी व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसंग पछिल्लो अवस्थाका विषयमा छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

भारतले अघोषित नाकावन्दी गरेपछि देशैभर पेट्रोलियम पदार्थको अभाव भएको छ । प्रधानमन्त्री कोइरालाको नीजि सचिवालयका अनुसार बैठकमा भारतले गरेको अघोषित नाकाबन्दी, आन्दोलनरत मधेसवादी दलसंगको वार्ता लगायतका विषयमा छलफल हुनेछ । सरकारले हिजो भारतीय राजदूत रञ्जित रे लाई बोलाएर पेट्रोलियम पदार्थ आयातमा भएको अवरोधका बारेमा सोधेको थियो । राजदूत रे ले नाकाबन्दी नभएको बताएपनि भारतले नेपालमा आपूर्ति व्यवस्था ठप्प पारेको छ ।