Thaha

Saturday 21 September - 11:39 pm NST

संविधानमा सवै नेपालीका हक अधिकार सुनिश्चित छन–सभामुख

संविधानमा सवै नेपालीका हक अधिकार सुनिश्चित छन–सभामुख
काठमाण्डौ, ८, असोज । सभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा सबै नेपालीको हकअधिकार सुनिश्चित भएको बताउनुभएको छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)को २०औँ सम्मेलनमा सभामुख नेम्वाङले संविधानमा सबै जातजाति, धर्म, समुदायको अधिकार समेटिएको बताउनुभएको हो ।

नेम्वाङले पहिलोपटक संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गरेको उल्लेख गर्नुभयो । संविधान बनेसँगै विक्रम सम्बत २००७ सालदेखिको नेपाली जनताको चाहना र भावनाले मूर्तरुप लिएको उहाँले बताउनुभयो ।

उहाँले ८९ प्रतिशत सभासद् उपस्थित भएर ८५ प्रतिशत सभासद्ले मतदान गरी जारी भएको संविधानमा सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता रहेको धारणा राख्नुभयो ।