Thaha

Saturday 21 September - 11:48 pm NST

भारतले स्वीकार गर्यो– नेपालमा आपूर्ति रोकेका हौं

भारतले स्वीकार गर्यो– नेपालमा आपूर्ति रोकेका हौं 
काठमाण्डौ, ८, असोज । भारतले नेपालमा नाकाबन्दी गरेको औपचारिक रूपमा स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गरेर ‘त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको बताउँदै नाकाबन्दी स्वीकार गरेको हो । ‘नेपाल–भारत सिमाका धेरै ठाउँमा मालसामान अवरोध गरिएको थाहा पायौं ।

त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणामा हो’, भारतीय विदेश मन्त्रालयको प्रेस नोटमा भनिएको छ,–हामीले पहिलेनै भनेका थियौं कि हाम्रा सामान निर्यातकर्ता र ढुवानीकर्ताले नेपालमा चलिरहेको आन्दोलनका कारण आवतजावतमा समस्या भोग्नुपरेको बताएका थिए र हामीले २१ सेप्टेम्बरमै यसबारे आधिकारिक जानकारी दिएका थियौं ।’अहिले भइरहेको समस्या राजनीतिक तहबाट समाधान खोज्न पनि भारतले आग्रह गरेको छ ।

‘समस्याको जड पत्ता लगाएर प्रभावकारी र विश्वसनीय ढंगले यसको समाधान गरियोस ।’ तराई मधेशमा भैरहेको आन्दोलनका विषयमा लक्षित गर्र्दै भारतले भनेको छ –अहिलेका मतभेदहरुलाई सर्वस्वीकार्य समाधान गरी त्यसलाई संस्थागत गरिनुपर्छ । हामी आशा गछौं कि स्थिति पहिले जस्तै सहज हुनेछ ।’