Thaha

Saturday 21 September - 11:35 pm NST

राष्ट्रपतिद्धारा असोज १५ गते संसद अधिवेशन आब्हान

राष्ट्रपतिद्धारा असोज १५ गते संसद अधिवेशन आब्हान
काठमाडौं, ८ असोज राष्ट्रपति डाक्टर रामवरण यादवले असोज १५ गतेका लागि संसद अधिवेशन आब्हान गर्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा १५ गते दिउँसो १ बजे बस्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

संविधान जारी भएको ७ दिन भित्र संसदको अधिवेशन आब्हान गर्नु पर्ने संवैधानिक व्यवस्था भएकाले १५ गतेका लागि आजै अधिवेशन आब्हान गरिएको हो । यो अधिवेशनले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको निर्वाचन गर्नेछ ।

अधिवेशन शुरु भएको ७ दिन भित्र प्रधानमन्त्री, २० दिन भित्र सभामुख÷उपसभामुख र ३० दिन भित्र राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने व्यवस्था छ । अव १५ गते बैठक बस्ने भएपछि २२ गते  भित्र प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने हुन्छ ।