Thaha

Saturday 21 September - 11:27 pm NST

भोलीदेखी ३ दिन सार्वजनीक विदा

काठमाण्डौं, ७ असोज । सरकारले इस्लाम धर्मालम्वीको पर्व बकर इदको अवसरमा भोलि देशभर सार्वजानिक विदा दिएको छ । गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भोली सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो ।

इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा पर्ने बकर इदमा मुसलमानहरुले पशुचौपायाको कुर्बानी दिने प्रचलन छ । गएको शनिबारदेखि यो चौथो विदा हो । यसअघि आइतबार र सोमबार संविधान घोषणा भएको खुसियालीमा सार्वजनिक विदा दिइएको थियो । भोलीदेखी फेरी लगातार ३ दिन बिदा हुनेछ ।

भोली ईद, शनिबार सार्वजनीक विदा छ भने आइतबार काठमाडौँ उपत्यकामा इन्द्रजात्राको विदा परेकाले अब सरकारी कार्यालय सोमबार मात्रै खुल्नेछन् ।