Thaha

Saturday 21 September - 11:04 pm NST

तीन दलको बैठक दिउँसो फेरि बस्ने


काठमाडौं, ७ असोज । मधेसवादी दलका माग सम्बोधनका विषयमा दिउँसो बैठक बसेर फेरि छलफल गर्ने भएका छन  । बिहान झण्डै तीनघन्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराइमा जारी आन्दोलन र त्यसको समाधानका उपायको विषयमा छलफल भएको थियो ।

छलफल भएपनि ठोस निर्णय नभएपछि बैठक दिउँसो फेरी बस्नेगरि सकिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा तराईमा जारी हिंसात्मक प्रर्दशन रोकेर वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गर्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको एमाले उपाध्यक्ष बिद्या भण्डारीले जानकारी दिनुभयो ।

बैठक दिउँसो साढे २ बजे फेरी बस्ने छ ।