Thaha

Saturday 21 September - 10:57 pm NST

मधेसी मोर्चाले आजदेखि सीमानाका र राजमार्गमा आन्दोलन केन्द्रीत गर्ने

मधेसी मोर्चाले आजदेखि सीमानाका र राजमार्गमा आन्दोलन केन्द्रीत गर्ने 
काठमाडौं, ७ असोज आन्दोलन चर्काउने निर्णय गरेका मधेश केन्द्रित दलहरुले आजदेखी  सीमा नाका र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने भएका छन । भारतसँगको मुख्य सीमा नाकाहरु वीरगंज, बिराटनगर, भैरहवा, नेपालगंज नाकामा आन्दोलन केन्द्रित गर्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आफूहरुको आन्दोलन हिंसात्मक नहुने भन्दै कर्णले सीमा नाकामा शान्तिपूर्ण धर्ना दिने बताउनुभयो । सरकारले नचाहेका कारण वार्ताको वातावरण बन्न नसकेको कर्णको अरोप छ ।  सप्तरीको राजबिराजमा दुई दिनसम्म चलेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले आन्दोलन सीमा नाका, राजमार्ग र काठमाडौं केन्द्रित गर्ने निर्णय गरेको थियो ।