Thaha

Saturday 21 September - 11:19 pm NST

भारतको कदमप्रति विप्लव माओवादीको आपत्ति

भारतको कदमप्रति विप्लव माओवादीको आपत्ति
काठमाडौं , ६ असोज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतको पछिल्लो कदमप्रति आपत्ति जनाएको छ । नेपालको अखण्डतामाथी बाधा पुराउने उद्देश्यले भारतीय शासकवर्गले दबाव र हस्तक्षेप बढाएको माओवादीको भनाई छ । नेपाली दलहरुको कमजोरमाथी खेल्दै भारतले नेपालको स्वाधिनतामाथी खेल्ने प्रयास गरेको विप्लव माओवादीको निष्कर्ष छ । भारतको पछिल्लो व्यवहारले  भारतीय निर्लज्ज हस्तक्षेपलाई पर्दाफास गरेको महासचिव विप्लवले निकालेको विज्ञप्तिमा उल्लेख छ । माओवादीले नेपाली नागरिकलाई संकट पार्ने गरि भारतले नाकावन्दी गरे प्रतिरोध गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यसै मुख्य तीन दलले संसदीय व्यवस्था जर्वजस्त लादिएको भन्दै  आफूहरुका लागि जनसत्ता निर्माण गर्ने बाध्यकारी ढोका खोलिदिएको विज्ञप्तिमा उल्लेख छ ।