Thaha

Saturday 21 September - 10:45 pm NST

आन्दोलनको रणनीति वनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

आन्दोलनको रणनीति वनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा
काठमाडौं, ६ असोज । आन्दोलनको रणनीति बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज पनि छलफलमा जुटेको छ । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टीका नेताको बैठक सप्तरीको राजविराजमा केहीबेरअघि शुरु भएको हो ।   सरकारले गैर जिम्मेवारीपन देखाएको भन्दै तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवले बैठकले आन्दोलनको भावि योजना तयार गर्ने बताउनुभयो । मोर्चा गएराती अबेरसम्म छलफलमा जुटेको थियो ।