Thaha

Saturday 21 September - 11:29 pm NST

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द


काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाले देशको राजनीतिक अवस्थाका कारण आफ्नो अमेरिका भ्रमण रद्द गर्नु भएको छ ।

राजनीतिक अवस्थाका कारण भ्रमण स्थगित गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । मधेसमा भइरहेको आन्दोलन र भारतले नाकाबन्दी लगाउने संकेत गरिरहेको भन्दै यस्तो अवस्थामा अमेरिका भ्रमणमा नजान प्रधानमन्त्री कोइरालालाई दवाव परेको थियो ।

बिहान आन्तरिक छलफल गरेर प्रधानमन्त्रीले अमेरिका भ्रमण स्थगित गर्नु भएको हो ।  प्रधानमन्त्री नजाने भएपछि  भम्रण टोलीको नेतृत्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले गर्नुहुनेछ ।  प्रधानमन्त्रीले महासभालाई असोज १४ गते सम्बोधन गनर्ने कार्यक्रम तय भएकाले राजनीतिक संकट सुल्झिए मात्र प्रधानमन्त्री कोईराला दुईचारदिन पछि त्यस तर्फ लाग्ने कोइरालाको नीजि सचिवालयले जनाएको छ  ।

संयुक्त राष्ट्रसङ्घमा विश्वका १ सय ९२ मुलुक सदस्य रहेका छन् भने दुई मुलुक भ्याटिकन सिटी र प्यालेस्टाइन स्टेटले पर्यवेक्षकको मान्यता पाएका छन् ।