Thaha

Saturday 21 September - 11:22 pm NST

भारतले नाकाबन्दी गर्छ भन्ने विश्वास छैन—ओली

काठमाण्डौं, ५ असोज । तराईमा असुरक्षाका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भारतले रक्सौल नाकामा ट्यांकर रोकेको विषयलाई नाकाबन्दीका रुपमा आफुले नलिएको बताउनु भएको छ । संविधान आएको खुशीयालीमा एमालेले दशरथ रंगाशाला त्रिपुरेश्वरमा गरेको चियापान कार्यक्रममा ओलीले यस्तो बताउनुभएको हो ।

तराई मधेसमा भइरहेको आन्दोलनले गर्दा असुरक्षाका कारण भारतले ट्याङ्कर रोकेको हुन सक्ने ओलीको भनाई छ । उहाँले ट्यांकार रोक्नुपर्ने कुनै आवश्यकता नभएको भन्दै भारतले नाकाबन्दी सम्मको कदम चाल्छ भन्नेमा विश्वास नरहेको बताउनु भयो । यो विषयमा भारतसंग कुरा गर्ने ओलीले बताउनुभयो ।

चियपान कार्यक्रममै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्याङकर रोकिएको विषयले आफु र पार्टिलाई गम्भिर बनाएको भन्दै दलहरुको बैठक बसेर छलफल गर्ने प्रतिकृया दिनुभयो ।

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिमामा पेट्रोलियम पर्दाथ बोकेका ट्यांकर आज रोकिएको घट्नालाई नाकाबन्दीको रुपमा लिन नहुने बताउनु भयो । मधेसमा भएको आन्दोलनका कारण असुरक्षाले हुन सक्ने भन्दै श्रेष्ठले भारतले नाकाबन्दी गर्यो भने अन्तराष्ट्रिय रुपमै भारतको सान गिर्ने टिप्पणी गर्नुभयो ।