Thaha

Saturday 21 September - 9:21 pm NST

सामाजिक सञ्जालमार्फत भारतको विश्वव्यापी रुपमा आलोचना

काडमाण्डौं, ५ असोज । नेपालको नयाँ संविधानका विषयमा भारतको नकारात्मक प्रतिक्रिया र भूमिका देखिएपछि सामाजिक सञ्जाल मार्फत विश्वव्यापी रुपमै भारतको चर्को आलोचना भईरहेको छ ।

नेपालमाथिको हस्तक्षेप रोक्न भारतलाई आह्वान गरिएको ट्वीटर हयास् ट्याग  ब्याक अफ ईन्डिया, वल्र्डवाईड टे«न्डिङमा तेस्रो स्थानमा छ । नेपालको पक्षमा अहिलेसम्म झण्डै १ लाख ८७ हजार भन्दा बढी टिव्ट गरिएको छ ।

ट्वीटरमा भारतीय नागरिकले नेपालको समर्थन गर्दै रेस्पेक्ट फ्रम ईन्डिया ट्रेण्ड सुरु गरेका छन् भने भारत सरकारको कडा आलोचना गरेका छन् । त्यसमा पाकिस्तानी नागरिकले पनि समर्थन जनाएका छन् । भारतीय मिडियाले पनि ट्वीटरको वल्वाईड ट्रेण्डको समाचारलाई प्राथमिकता दिएका छन् ।  

संविधान जारी भएको २४ घण्टामा दुईवटा विज्ञप्ति निकालेर नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाएर नाकाबन्दी गर्ने संकेत गरेपछि भारतको विरोध भैरहेको छ ।