Thaha

Saturday 21 September - 9:13 pm NST

गाडि चढ्नेले साईकल चढ्न तयार हुनुहोस् : प्रचण्ड

काठमाण्डौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नाकाबन्दी गरे सामना गर्नका लागि तयार रहन आग्रह गर्नुभएको छ ।

एकीकृत माओवादी नेता गोपाल किराँतीले लेखेको पुस्तक प्रचण्डपथको विजय लोकार्पण गर्दै प्रचण्डले नाकावन्दीको अवस्था आए केही फरक नपर्ने र गाडी चढ्नेले २÷४ महिना साईकल चढ्न तयार रहन आग्रह गर्नुभयो । प्रचण्डले सुगौली सन्धिपछि पहिलोपटक नेपालीले शिर ठाडो पार्ने बेला आएको र फेरि निहुँराउने कसरत भएको भन्दै सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आफूहरु भारतसँग लड्न जुध्न तयार नभएको भन्दै पेलेर जान खोजे त्यसका लागि पनि तयार हुनुपर्ने उहाँको भनाई थियो । मलुकभित्रको समस्या मुलुकमै मिलाउनुपर्ने भन्दै छिमेकीले सद्भाव राख्ने भन्दा बढी केही गर्न नसक्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले सिमाङ्कनको विषय मिलाउन आफूहरु तयार भएको भन्दै सहमतिमा आउन मधेशवादी दललाई आग्रह गर्नुभयो ।