Thaha

Saturday 21 September - 9:12 pm NST

पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई भारतद्धारा नेपाल प्रवेशमा रोक


असोज, ५ काठमण्डौं । 
भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई नेपाल प्रवेश गर्न रोकेको छ । भन्सार जाँचपास नगरी ट्याङ्करहरुलाई भारत पारी नै रोकिएको हो । रक्सौलबाट तेल भरेर भन्सार आईपुगेका तेल ट्याङ्करहरुलाई छुटाउन अवरोध गरेको नेपाल आयल निगमले जनाएको छ । 

भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्याङ्करलाई भन्सारबाट छुटाउन नमानेको निगम स्रोतले जनाएको छ । निगमका करिब ३२ वटा ट्याङ्कर हिजो नै भन्सारमा आईपुगेका छन् । ति ट्यांकरहरुलाई छुटाउन भारतीय भन्सारका कर्मचारीले माथिको आदेश भन्दै रोकेका श्रोतले जनाएको छ । भारतमा ट्याङ्कर रोकिएपछि समन्वय गर्न निगमका अधिकारी भन्सारमा पुगेका छन् । 

दिउँसो सम्म पनि ति ट्यांकर नछुटे राजनीतिक समस्याको प्रभाबको रुपमा लिन सकिने निगमका एक कर्मचारीले बताएका छन् । ट्यांकर छुटाउन गरेको आग्रहलाई भारतले कसरी लिन्छ त्यसको प्रतिक्रिया नआई थप केहि बोल्न नमिल्ने निगमले जनाएको छ ।