Thaha

Saturday 21 September - 9:24 pm NST

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रधानद्वारा राजिनामा

काठमाण्डौ, ४ असोज । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले पदबाट राजिनामा दिनुभएको  छ ।

गत जेठ २२ गते प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका प्रधानले संविधान जारी भएको एक दिनपछि सोमवार पदबाट राजिनामा दिनुभएको हो । उहाँले आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट ‘आजैदेखि लागू हुनेगरी राजिनामा दिएको’ थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो ।

दबाबका कारण प्रधानले राजिनामा दिएको स्रोतले जनाएको छ । संविधान निर्माणमा भारतीय भूमिका प्रति असन्तुष्टि जनाउँदै प्रधानले अघिल्लो हप्ता एउटा अंग्रेजी पत्रिकामा लेख लेख्नुभएको थियो । लेखका कारण राजिनामा दिन प्रधानलाई दबाब परेको हो । प्रधानकै कारण प्रधानमन्त्रीलाई समेत समस्या परेको स्रोतले जनाएको छ ।