Thaha

Thursday 21 May - 7:47 am NST

संविधान संसोधनको लागि अलग्गै टिम बनाए सहयोग गर्छौः अध्यक्ष झा

काठमाडौ, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले टिम बनाए आफूहरु सहयोग गर्न तयार रहेका बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलन बोल्दै संघीय मधेसी मोर्चाका संयोजक समेत रहेका झाले नयाँ संविधानमा अन्तिम समयसम्म पनि माग संबोधन हुने आशामा रहेका मधेसी जनताहरु संविधान जारी भएपछि निराश भएको उल्लेख गर्नुभयो ।  तत्काल माग सम्बोधन गर्ने दतारुकता नदेखाए आन्दोलनरत अरु शक्तिहरुसँग मिलेर अझै शसक्त आन्दोलन गर्ने उहाँको चेतावनी थियो ।

“यो संविधानले मधेसको समस्या समाधान गर्न सकेन, उहाँले भन्नुभयो— अरु आन्दोलनरत शक्तिहरुसँग मिलेर थप आन्दोलनको घोषणा गर्छौ ।” मुलुकको आधा हिस्सा आन्दोलनमा रहेका बेला प्रधानमन्त्री न्यूयोर्क जानु उचित नहुने भन्दै अध्यक्ष झाले मधेसीहरुको माग संबोधन गरेर मात्र जान सुझाव दिनुभयो ।

पत्रकार सम्मलेनमा लोकदलका अध्यक्ष कौशलकुमार सिंहले मधेस आन्दोलनकावीच नयाँ संविधानको स्वागतले मधेसमा द्धन्द र विभाजनको विजारोपण गर्ने भन्दै अल्पमतको कुरालाई सम्मान गरेर मात्रै लोकतन्त्र सबल बनाउन सकिने जिकीर गर्नुभयो ।