Thaha

Saturday 21 September - 9:14 pm NST

गाविस भवनमा आगजनी


कपिलवस्तु, ४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलबस्तुको बलुहवा गाबिसको कार्यालयमा आगजनी गरेका छन् ।

मधेश बिरोधी संबिधान जारी गरिएको भन्दै गएराती २०–२५ जनाको समूहले गाविस कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाविस सचिव छबिलाल पौडेलले जानकारी दिनुभयो ।