Thaha

Saturday 21 September - 9:21 pm NST

आज मुख्य तीन दलको संयुक्त सभा

काठमाडौं, ४ असोज । संविधानसभाबाट संविधान जारी भएको खुशीयालीमा मुख्य तीन दलले आज काठमाडौंको टुंडिखेलमा संयुक्त आमसभा गर्ने भएका छन् । दिउँसो १ बजे हुने आमसभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुुहुनेछ । त्यसअघि नेपाली काँग्रेसले शान्तिबाटिका, नेकपा एमालेले बागबजार र एकीकृत माओवादीले भृकुटीमण्डपबाट छुट्टाछुट्टै ¥याली निकाल्ने कार्यक्रम छ । र्याली टुंडिखेल पुगेपछि आमसभामा परिणत हुनेछ । सरकारले व्यवस्थापन गरेको कार्यक्रममा विभिन्न संघ संगठन, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, निजीक्षेत्र शिक्षक, विद्यार्थी सबैलाई सहभागी हुन आव्हान गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दलका नेता कार्यकर्ता बाहेकलाइ भद्रकालीमा जम्मा हुन आग्रह गरिएको छ ।