Thaha

Saturday 21 September - 8:11 pm NST

राष्ट्रपति डा. रामशरण यादवले घोषणा गर्नुभएको नेपालको संविधान २०७२ मा के के उल्लेख छन् ?

▶संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
▶ सार्वभौम र राजकीय सत्ता जनतामा
▶ ७ प्रदेशको संघीय संरचना
▶ संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
▶ संघीय र प्रदेश संसद्बाट निर्वा्चित संवैधानिक राष्ट्रपति
▶ सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वा्चित प्रधानमन्त्री कार्यकारी प्रमुख
▶ प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने
▶ २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
▶ दुईतिहाइले संशोधन गर्न सकिने
▶ मिश्रित निर्वाचन प्रणाली
▶ केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
▶ प्रतिनिधिसभामा प्रत्यक्ष निर्वा्चित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
▶ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
▶ राष्ट्रियसभामा सात प्रदेशबाट निर्वा्चित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
▶ प्रदेशमा एक सदनात्मक संसद्
▶ ७ प्रदेशमा कुल सांसद ५५०
▶ प्रदेशमा प्रदेश संसदबाट निर्वा्चित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
▶ प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
▶ प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
▶ ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
▶ प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
▶ प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
▶ प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
▶ संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
▶ प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
▶ एकीकृत न्यायपालिका
▶ केन्द्रमा सर्वोच्च अदालत
▶ सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
▶ प्रदेशपिच्छे उच्च अदालत
▶ साबिक जिल्लामा जिल्ला अदालत
▶ आमा वा बाब’को नामबाट वंशजको नागरिकता
▶ धर्म्निरपेक्ष राष्ट्र
▶ धर्म्निरपेक्षताको व्याख्या– धर्म्निरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
▶ मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
▶ सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
▶ राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
▶ जिल्ला प्रशासनिक इकाईका रूपमा रहने

▶ जिल्लामा निर्वा्चित जिल्ला सभा रहने
▶ सरकार गठन गर्ने आयोगले एक वर्ष्भित्र स्थानीय निकायको प’नस्संंरचना गर्ने
▶ स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
▶ चार वर्षका लागि निर्वा्चित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
▶ ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
▶ संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था