Thaha

Saturday 21 September - 8:26 pm NST

संसद अधिवेशन अन्त्य / नयाँ राष्ट्रपति, प्रधानमन्त्री चयन पछि धकेलियो

काठमाडौं २ असोज । व्यवस्थापिका संसदको चौथो अधिवेशन शबिनबारदेखि अन्त्य भएको छ । 
शुक्रबार राति ९ बजेदेखि संसद् अधिवेशन सकिने बेहोरा उल्लेख गरेर राष्ट्रपति डाक्टर रामवरण यादवले पठाएको पत्र सभाम्ुख सुुवासचन्द्र नेम्वाङले संसद् बैठकमा पढेर सुनाउनुभएको हो । संसद अधिवेशन स्थगित भएसँगै नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपति चयनसम्मको काम पछाडि सरेको छ । संविधान जारी भएको सात दिनभित्र नयाँ प्रधानमन्त्री, २० दिन भित्र सभामुख उपसभामुख र १ एकहिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने नयाँ संविधानमा व्यवस्था छ । संसद बैठक स्थगित भएपछि नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिको चयन एक हप्ता पछाडी धकेलिएको छ । 
अब एक हप्तापछि राष्ट्रपतिले फेरि संसद बैठक आह्वान गरेपछि बल्ल नयाँ प्रधानमन्त्रीको चयन प्रकृया सुरु हुनेछ । यो संसद अधिवेशन गत असार १५ गतदेखि सुरु भएको थियो । शुक्रबार केहीबेर बसेको संसद बैठकबाट भूकम्पपछिको पुनिर्माणसम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ ।