Thaha

Saturday 21 September - 8:13 pm NST

तीन दलको संयुक्त पत्रकार सम्मेलन ४ बजे


काठमाडौं, २ असोज । संविधान जारी गर्ने अन्तिम तयारीका बारेमा मुख्य तीन दलबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठमा संविधान घोषणाको तयारीबारे छलफल भएको हो । बैठकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलगायत आन्दोलनरत दलका माग सम्बोधनका बिषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको सहभागिता थियो ।

बैठकले आज दिउँसो ४ बजे संयुक्त पत्रकार सम्मेलन गरेर संबिधान घोषणाको तयारी र असन्तुष्ट पक्षको माग सम्बोधनबारे जानकारी गराउने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।