Thaha

Sunday 05 July - 10:21 am NST

जयशंकर स्वदेश फिर्ता


काठमाडौं, २ असोज । भारतीय बिदेश सचिब एस जयशंकरले नेपालमा संविधान निर्माण होस् भन्ने पक्षमा भारत रहेको बताउनुभएको छ ।

स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जयशंकरले सकभर सबैलाई समेटेर संविधान जारी गरे दिगो हुने बताउनुभयो । हिंसारहित वातावरणमा संविधान जारी गर्नुपर्ने उहाँको सुझाव थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा हिजो नेपाल आएका जयशंकरले राष्ट्रपति डाक्टर रामबरण यादब, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसवादीदल लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।  

भेटका क्रममा संविधान रोक्न जयशंकरले गरेको प्रस्ताव शीर्ष नेताले अस्विकार गरेका थिए ।