Thaha

Saturday 21 September - 8:23 pm NST

कोरियन भाषा परिक्षामा ५१ हजार सहभागि

काठमाडौं, २ असोज । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य बनेको कोरिया जानका लागि इपीएस भाषा परीक्षा आजदेखि सुरु भएको छ । भोली सम्म चल्ने परीक्षा यसपटकदेखि पोखरामा पनि संचालन भइरहेको छ । आज र भोली दुई÷दुई सिफ्ट परीक्षा संचालन हुने इपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार विहान साढे ८ बजे सुरु भएको पहिलो सिफ्टको परीक्षा विहान ११ बजेर १० मिनेटमा सकिनेछ भने १ बजे सुरु हुने दोस्रो सिफ्ट ३ बजेर ४० मिनेटमा सकिने छ । 
पोखरामा ३ र काठमाडौंमा १५ वटा परीक्षा केन्द्र तोकिएको शाखा प्रमुख डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । यसपटकको परीक्षामा ५१ हजार १ सय ३७ जनाले आवेदन दिएका छन् । परीक्षा संचालनका लागि एचआरडी कोरियाका उपाध्यक्षको नेततृत्वमा ५२ जनाको टोली काठमाडौं आएको इपिएस कोरिया शाखाले जनाएको छ । सरकारले नै कामदार पठाउने गरेको कोरियामा अहिले २८ हजार नेपालीले काम गरिरहेका छन् ।