Thaha

Saturday 21 September - 7:51 pm NST

गच्छदार मोर्चा संविधान जारी प्रकृयामा सहभागि हुने

काठमाडौं, ३० भदौ । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधानसभामा फर्कने भएको छ । नेकपा एमालेका अध्यक्ष के पी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको अनौपचारिक छलफल पनि फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकको मोर्चा संविधान सभामा र्फकन तयार भएको हो ।  संविधानसभामा फर्कने सहमती भइसके पनि कसरी फर्कने भन्नेमा छलफल चलिरहेको श्रोतले जनाएको छ । मोर्चालाई आजैदेखि संविधानसभामा फर्कन दवाव परेको छ । तर श्रोतले भन्यो, फरक मत राखेर आजैदेखि जानेकि संविधानको एकीकृत मस्यौदा पारित गर्ने बेलामा जाने भन्नेमा छलफल चलिरहेको फोरम लोकतान्त्रिकका नेता एवं सभासद् डाक्टर बाबुराम पोख्रेलले बताउनु भयो । संविधानसभामा तीन दलीय मोर्चाका १७ जना सभासद छन् । 
१६ बुँदे सहमतीका हस्ताक्षरकर्ता गच्छदारले तीन दलले पेलेर अगाडि बढ्न खोजेको भन्दै भदौ १९ गते संविधान सभाबाट बाहिरिने निर्णय गर्दै  संविधान निर्माणको कुनै पनि प्रक्रियामा भाग नलिने घोषणा गर्नुभएको थियो । संविधानसभाबाट बाहिरए लगत्तै गच्छदारले तीन दलीय मोर्चा गठन गर्नुभएको थियो । अव गच्छदार नेतृत्वको मोर्चा पनि संविधानसभामा फर्के पछि अन्य मधेसवादी दललाई सहमतीमा आउन दवाव पर्ने देखिएको छ ।